१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानूनमन्त्री गिरी र चिनियाँ सर्वोच्च अदालतका सदस्य गुइजियाङबिच भेटवार्ता

कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चिनको सर्वोच्च अदालतका सदस्य लिउ गुइजियाङबिच भेटवार्ता भएको छ।

भेटको अवसरमा मन्त्री गिरीले नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गरे। साथै, चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउदै आएको सहयोगका लागि धन्यवाद समेत दिए।

भेटमा लिउ गुइजियाङले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका विचको अनुभव आदानप्रदान गरिदै आएको कार्यलाई निरन्तरता दिइने धारणा समेत व्यक्त गरे।  

प्रकाशित: ४ असार २०८१ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App