२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

'चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति'

नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छिन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले चुरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी हुन्।

उनले चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने बताइन्। अझैपनि चुरे क्षेत्र अतिक्रमणको सिकार भइरहेको उनको भनाइ छ।

उनले भनिन्,  ‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरे। तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ। चुरेको परिणामले पनि देखाइरहेको छ। उही समितिको रिपोर्ट अनुसार मैले १९९० देखि २०२० सम्म चरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ। तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। मापदण्ड विपरित ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ।’

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App