५ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने छ। 

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भुमिका र भएका कामकारवाहीहरुको सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै विधायन व्यवस्थापनको बैठक पनि बस्ने छ। बैठक दिउँसो १ बजे बस्ने बताइएको छ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ।

त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: ३१ जेष्ठ २०८१ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App