१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा नेपालको एकता महाधिवेशनः निर्वाचनका लागि उम्मेदवारी दर्ता जारी, ४ बजे मतदान

जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ। जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन अहिले उम्मेदवारी दर्ताको प्रक्रिया जारी रहेको छ।

अपराह्न ४ बजेबाट सुरु हुने मतदानका लागि मनोनयन पत्र फिर्ता लिन साढे ११ बजेदेखि साढे २ बजेसम्मको समय तोकिएको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली ३ बजे प्रकाशन गरिने छ।

यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक मोहम्मद समिम अख्तर अलीले बताए।

प्रकाशित: ३० जेष्ठ २०८१ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App