१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बजेट सन्तुलित, कार्यान्वयन चुनौतिपूर्णः एमाले सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताएका हुन्। 

उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महशुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे। चालु खर्च ६१ प्रतिशत,पुँजीगत १९ प्रतिशत,वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको उनको भनाइ छ।

उनले भने,‘अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त भएको अवस्था छ। तर आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिन्छ । वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको छ। गत वर्ष ५० अर्ब अनुमान गरिको थियो आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा राखिएको छ यो पनि यथार्थसँग मेल खाने सम्भावना कम छ। आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको छ। आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा संकुचित हुने,बैंकको ब्याजदर बढ्ने,निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने अवस्था छ । यो विषयमा अर्थमन्त्री गम्भिर हुन जरुरी छ।’

‘कुल बजेटको ११ प्रतिशत मात्रै पुँजीगत खर्च भएको अवस्था छ। बजेटले पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएको छ। त्यसको अनुपातमा कार्यक्रममा विनियोजन भएनकी भन्ने लाग्छ। कृषि दशक भनिएको छ तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाएको छ। सूचना प्रविधि दशक भनिएको छ। यही बजेटले बजेट कम गरेको छ। १६ लाख पर्यटक भित्र्याउने भनिएको छ। तर पूर्वाधारहरु पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थाल चलाउने उद्घोष भएको छैन। आर्थिक वृद्धि ६ प्रतिशतको अनुमान गरिएको छ। उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म कसरी आर्थिक वृद्धि मेल खान सक्छ। त्यसले बजेटका केही अभावहरु देखिएका छन्,’ उनले भने।

यस्तै,उनले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरु पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थाल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाए। सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको उनको भनाइ छ। 

प्रकाशित: २२ जेष्ठ २०८१ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App