१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले मकवानपुरमा पोखरेल विजयी

एमाले मकवानपुरको पदाधिकारीमा निर्वाचित भएकाहरू ।

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।नेकपा एमालेमा आएको विभाजनसंगै नेकपा एकीकृत समाजवादीतर्फ लागेका पोखरेल स्थानीय तहको निर्वाचनको समयमा एमालेमै फर्किएका थिए ।अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी इन्द्र मान स्याङ्तानले २६२ मत प्राप्त गर्दा लालबहादुर थापाले १६६ र देवराज रिमालले ११ मत प्राप्त गर । 

एमाले मकवानपुरको उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन् । मकवानपुरको भीम फेदी गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लामाले ४७६ मत प्राप्त गर्दा उपाध्यक्षका उम्मेदवार सुनिल मोक्तानले १९७, भरत दुलालले ८० र ध्रुव चौलागाईंले ३६ मत प्राप्त गरेका थिए । सचिवमा सीता बिस्ट निर्वाचित भइन् । विष्टले २९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदन दाहालले २५५ तथा राजन थापाले १७१ मत प्राप्त गरे । उपसचिव ९पुरुषतर्फ० फूर्वा लामा विजयी भए । 

हेटौँडा १० नम्बर वडा अध्यक्ष समेत रहेका लामाले २४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी दीपक खड्काले १६२, इन्द्र नेपालले १२९, खेम जर्गा मगरले १०० र कृष्णप्रसाद चौलागाईंले ८६ मत प्राप्त गरे । उपसचिव (महिलातर्फ) आरती पाठक विजयी भइन् । पाठकले २४१ मत प्राप्त गर्दा अन्य उम्मेदवारहरू पार्वती रानाले १७२, कल्पना बलामीले १५६ र जुना दाहालले १५२ मत प्राप्त गरे । एमालेको जिल्ला अधिवेशनबाट ५ पदाधिकारीसहित १०५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्वाचित पोखरेलले सबैलाई समेट्दै एमालेलाई जनजनको पार्टी बनाउन लागिपर्ने प्रतिक्रिया दिए । एमाले मकवानपुरको जिल्ला अधिवेशनमा ७७९ मतदाता रहेकोमा ७६५ मत खसेको थियो । 

प्रकाशित: २१ जेष्ठ २०८१ १९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App