१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय समितिको कार्यादेशलाई टुंगो लगाउन दलहरु अन्तिम कसरतमा

सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदल अन्तिम कसरतमा जुटेको छ।

सत्ता पक्ष र कांग्रेसबीच सोमबार साँझ भएको छलफलमा संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि मंगलबार ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ।

कार्यादेशलाई शीर्ष नेतासमक्ष प्रस्तुत गर्ने र अपराह्नसम्ममा संसदबाट अनुमोदन गराउने तयारी दलहरुको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबारै अपराह्न ३ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। सो अगावै दलहरुले समितिको कार्यादेशलाई टुंगोमा पुर्याउने बताएका हुन्।

संसदीय दलको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमाथि छानबिन गर्न आजै प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुने जानकारी दिए।

दलहरुबीच कार्यादेशमा सहकारी सञ्चालकको नाम उल्लेख गर्नेगरी सहमति जुटेको छ। समितिमा रहने सदस्यहरुको नामसमेत टुंगो लगाउन दलहरु गृहकार्यमा छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App