१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्। 

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए। नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताए। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको उनको भनाइ छ।  

उनले भने, ‘अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ। लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ। हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन्। त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो। सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाैँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ। हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छाैँ। प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ।’

यस्तै, उनले सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको बताए। सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाैँ। भन्ने तर गलत व्याख्या गर्ने गरेको उनको भनाइ छ।

प्रकाशित: १४ जेष्ठ २०८१ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App