प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले बिहीबार बिहान लुम्बिनी परिसरको अवलोकन गरेका थिए ।
उनले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरे ।
प्रकाशित: १० जेष्ठ २०८१ १२:३५ बिहीबार