१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने छ।

यसअघि आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको थिएन। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा राखेपछि सहमति हुन सकेको थिएन।

आइतवार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भएपनि सहमति जुट्न नसकेपछि सोमवारका लागि बैठक बस्ने बताइएको थियो। तर, सोमवार बैठक बस्न नसकेपछि आज बस्न लागेको हो।

गत शनिवार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलको संयोजकमा कानुन मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् भने सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App