१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेविसंघको प्रश्न: ‘रवि दाइ,खै जिवी राई ?’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। संसदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गरेको कांग्रेसले अहिले सडकमा पनि प्रदर्शन गर्न थालेको छ।  

बुधबार  बिहान कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विराेध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, रवि दाइ,खै जिवी राई ? ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका छन्। गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै भन्दै विद्यार्थीले प्रश्न समेत गरेका हुन्। 

सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले जनाएको छ।  

कांग्रेसनिकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दै छ।

यता, गृहमन्त्री रवि लामिछानेले भने सहकारी प्रकरणबारे आफूले संसद्‌मा बोल्न पाउनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: २ जेष्ठ २०८१ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App