१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

विदेशबाट फर्किएकालाई नेपालमै राख्ने गरी काम गरिरहेका छौँः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका  नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन्।

आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए। उनले विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताए।

उनले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई बधाई तथा शुभकामना दिए। इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताए। उनले स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताए।  

प्रकाशित: १६ असार २०८१ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App