२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले आफ्ना मन्त्रीहरु फिर्ता बोलायो

नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।

नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मंगलबार पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल भएको थियो।

सोमबार मध्यरात, मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए।

प्रकाशित: १८ असार २०८१ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App