१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

समस्याग्रस्त २० सहकारीका कागजातहरु माग्ने छानविन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरु माग्ने निर्णय गरेको छ।

आइतबार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजातहरु माग्न पत्राचार गर्ने निर्णय गरेको हो।

समस्याग्रस्त सहकारीहरुका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीहरुको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उनले जनाए।

उनले भने ‘९ वटा विवादित रहेको भनिएका सहकारीहरुको कागजातहरु माग्ने निर्णय योभन्दा अगाडीको छैठौँ बैठकबाट गरेका छौँ। समस्याग्रस्त सहकारीहरुका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएको छ। तर अरु धेरै विवरणहरु, जानकारीहरु, तथ्यहरु आवश्यक पर्ने देखिएपछि हामीले आजको बैठकबाट यो निर्णय गरेका हौँ।’

समितिले सहकारीसँग सम्बन्धित ८ वटा अध्ययन, छानविन, जाँचबुझ आयोगसहितका विषयमा प्रतिनिधिमुलक ढंगले कुरा सुन्ने काम गरेको उनले जानकारी दिए।

प्रकाशित: १६ असार २०८१ १८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App