१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै प्रधानमन्त्रीले कांग्रेसलाई भने: संसद अवरोध नगरिदिनुस

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै संसद अवरोध नगर्न आग्रह गरेका छन्।

कांग्रेसले गृहमन्त्री मुछिएको सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन नभसम्म संसद अवरोध कायमै राख्ने अडान राख्दै आएपछि प्रधानमन्त्रीले आज बिहान कांग्रेस महामन्त्री र प्रमुख सचेतक रमेश लेखकसहित छलफल गरेका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए।

कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको बताए प्रमुख सचेतक लेखकले जानकारी दिए।

उनले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने पनि बताए।

छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताए।

उनले सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाएको प्रतिवद्धता काँग्रेसले व्यवहारमा देख्न चाहेको बताए।

प्रकाशित: १ जेष्ठ २०८१ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App