३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

०८४ को निर्वाचनमा सहभागी हुन्छौँ: विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचनलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ। कपिलवस्तुमा ५ देखि ९ वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले ०८४ को निर्वाचनलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय गरेको हो। 

क्रान्तिको समग्र मोर्चाभित्र चुनाव पनि एउटा माध्यम भएको र ०८४ को निर्वाचनलाई उपयोग गरेर अघि बढ्ने नेत्रविक्रम चन्दले जानकारी दिए। उनले भने ‘ हामीले कम्युनिष्टहरु दुश्मन होइनन् भन्ने संश्लेषण गरेका छौं, चुनाव जित्यौं भने सरकार क्रान्तिको एउटा मोर्चा बन्न सक्छ। समाजमा आइरहेको शक्तिलाई छोड्ने हो भने हामी नै छुट्ने हो, मिडिल क्लासलाई (मध्यम वर्ग) हेर्ने दृष्टिकोण हामीले फेर्नुपर्छ।’

यस्तै,इण्डियाले राजतन्त्र, हिन्दु एजेण्डा बोकेर हिँडिरहेको बताउँदैँ,त्यो धर्म नभएको र हिन्दु राजनीतिको कुरा भएको उनको भनाइ छ।  

प्रकाशित: ३० वैशाख २०८१ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App