१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बर्खे अधिवेशनको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक

फाइल तस्बिर

सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।

सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल गर्न लागेका हुन्। सभामुखले छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

प्रकाशित: २५ वैशाख २०८१ ०७:०५ मंगलबार

सङ्घीय संसद बर्खे अधिवेशन सभामुख देवराज घिमिरे संसद राजनीतिक दल छलफल