१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई आज नियुक्त गरेका छन्।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

उनी नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा. तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यसअघि आजै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर) र स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको नियुक्तको लागि दाबी पेश गरेका थिए।

प्रकाशित: ६ वैशाख २०८१ १७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App