सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको फैसलापछि सांसद् गिरी आफूले न्याय पाएको प्रतिक्रिया दिएकी छिन्। सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै भनिन्, 'सर्वोच्चको फेसलाले मैले नयाय पाए।'
नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसद इन्दिरा गिरीलाई सांसद पदमुक्त गरेको निर्णय गरेको थियो। उक्त जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। त्यसपछि सभामुख भिमबहादुर भण्डारीले सूचना टाँसेर जानकारी दिएका थिए।
यसको विरुद्ध इन्दिरा गिरीले सर्वोच्चमा रिट हालेकी थिइन्।
प्रकाशित: २ वैशाख २०८१ १७:३७ आइतबार





