१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।  

सभामुख देवराज घिमिरेले सूचना टासेर बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिएका हुन्। 

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको थियो।

बैठकको सुरुआतमा नै सांसद सुशीला थिङले मंगलबारको प्रतिनिधिसभा बैठकमा कुनैपनि काम कारबाही अगाडी नबढाउन चेतावनी दिएकी थिइन्।

उनले गृहमन्त्री रवि लामिछाने माथिको आरोप छानबिनका लागि तत्काल समिति नबनाए संसदको बैठक वा कुनैपनि कारबाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने चेतावनी दिएकी थिइन्।

त्यसपछि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।  

प्रकाशित: २७ चैत्र २०८० १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App