२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन्। तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको साेह्राैं वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुन राष्ट्रपति यहाँ आइपुगेका हुन्।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ। कार्यक्रम उद्घाटन अगाडि  भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ।

विसं २०७३ सालमा शिलान्यास भई २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो। क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङलगायत आसपासका विद्यार्थी अध्ययनरत छन्। अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: २३ चैत्र २०८० १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App