१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।

पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुनेछ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन्।

उनको पनि चैत ४ गते निधन भएपछि उक्त पद रिक्त रहेको छ।

प्रकाशित: २२ चैत्र २०८० ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App