२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा राप्रपा तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो।

तटस्थमा मतदान गरेर तटस्थ भूमिका निर्वाह गर्ने राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

‘१५ महिनाकै बिचमा तेस्रो पटक विश्वासको मत माग्ने अवस्था आएको छ। सुरुमा ४ बाहेक सबै मत पाएका मुख्यमन्त्रीले अब यो पटक कति मत पाउँछन्, हेर्न बाँकी छ’, थापाले भने, ‘गठबन्धन परिवर्तनले अहिले कस्तो व्यवस्था छ भन्ने प्रमाणित भएको छ। ५ वर्षमा कति पटक विश्वासको मत लिने अवस्था आउने हो ?’ 

हिजोसम्म एक अर्कालाई तथानाम भन्नेहरू आजै मिल्ने कस्तो राजनीति हो भन्दै उनले प्रश्न गरे। हाम्रो नेपाली पार्टी प्रति लक्षित गर्दै उनले एक हप्तामा यो नभई मान्दिन भन्ने, ३ दिनमा समर्थन फिर्ता लिने र २ दिनमा मन्त्रीको शपथ खाने कस्तो संस्कार हो ? भन्ने  प्रश्न गरे। नेता थापाले बजेटमा पक्षपात नहोस् भन्ने माग समेत गरे।

अहिले विश्वासको मत सम्बन्धी प्रस्तावमा दलको तर्फबाट धारणा राख्ने काम भइरहेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बागमतीको प्रदेशसभा बैठक ४ बजे मात्र सुरु भएको थियो।

प्रकाशित: १९ चैत्र २०८० १७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App