१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सेटिङमा परे सामान सजिलै छुट्छ नत्र फस्छ: सांसद् कार्की

प्रतिनिधि सभा सांसद् गंगा कार्कीले रिटायर्ड भएर घर फर्किएका लाहुरेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न झन्झट व्यहोर्नुपरेको बताएका छन्।

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा लाहुरेहरूले विमानस्थल भन्सार कार्यालयमा भोगेको समस्या उल्लेख गर्दै भने, ‘सेटिङमा परे सामान सजिलै छुट्छ नत्र फस्छ।’

सांसद कार्कीले भन्सार कार्यालयमा व्यहोर्नुपर्ने झन्झटले गर्दा लाहुरेहरू घर फर्किन नचाहेको दाबी गरे।

‘हङकङ र सिँगापुरबाट रिटायर्ड भएर लाहुरेहरू घर नेपाल फर्किदा व्यक्तिगत र पारिवारिक उपहारका सामग्रीहरू त्यहाँको सरकारले कानुनसँगत ढङ्गले पठाएको हुन्छ। तर, नेपालको भन्सारमा पुगेपछि ग्रिन सिग्नल लाइनमा हाले पनि सामान लोड गरेको डम्फर भन्सारमा खोलेर सामान हराउने, टुटफुट हुने लोड अनलोडको झन्झट बेहाेर्नु पर्दा लाहुरेहरू निकै पीडित भएर नेपाल फर्किन चाहँदैनन्’, उनले भने।

सांसद् कार्कीले एक्सरे मेसिन नेपालमा आएर थन्किएको र उता जनताले भन्सार अधिकृतको तजबिजी अधिकारको दुरूपयोगका कारण सास्ती पाइरहेकाले यसलाई तुरुन्त सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका थिए।

प्रकाशित: १९ चैत्र २०८० १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App