१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

'देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,' सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

नेपालका पत्रकारहरूको साझा संस्था महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै सन्देशमा उनले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन्। रासस

प्रकाशित: १६ चैत्र २०८० ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App