१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन

सरकारले अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुने गरी सो कार्यदल गठन गरेको हो।

कार्यदललाई अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जानकारी दिइन्।

अपांगता भएका दीपक भण्डारीले काठमाडौंमा सहयोगीको माग गर्दै धर्ना दिँदै आएका थिए। उनीसहित अन्य उस्तै व्यक्तिका समस्या समाधान हुने गरी मापदण्ड बनाउन कार्यदल गठन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले बताइन्।

कार्यदलले दिएको सुझावको आधारमा मापदण्ड बनाई कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० २०:१३ बिहीबार