१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई सांसद तामाङको प्रश्न: ‘सञ्चारमाध्यम कन्ट्रोल गर्ने कुरा कसरी आयो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले सञ्चारमाध्यम कन्ट्रोल गर्ने कुरा कसरी आयो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

उनले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा यस्तो प्रश्न राखेका हुन।

सांसद तामाङले भने, 'पहिला सञ्चारमाध्यम कन्ट्रोल गर्ने कुरा आयो, फेरि हटाइयो, किन त्यो आयोरु यसतर्फ ध्यानाकर्षण गर्छु।’

'बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेपछि मुद्दा चलेन। बाँसबारी जग्गा प्रकरणमा पनि फिर्ता गरेपछि उसलाई मुद्दा लाग्ने कि नलाग्नेरु यसमा प्रस्ट पार्नुस्’, उनको प्रश्न थियो।

प्रकाशित: १४ चैत्र २०८० १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App