१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारी प्रकरण छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुदैनः सांसद जबरा

नेपाली कांग्रेसका सांसद उदय शम्सेर जबराले गृहमन्त्री रवि लामिछानेलाई ‘झाँक्री पनि त्यही बोक्सी पनि त्यही’ भन्दै व्यङ्ग्य गरेका छन्। साथै उनले सहकारी प्रकरण निष्पक्ष रूपमा संसदबाट छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने तर्क पनि गरे। 

‘अहिले झाँक्री पनि त्यही बोक्सी पनि त्यही। आरोपित व्यक्ति पनि त्यही छानबिन गर्ने गृहमन्त्री पनि त्यही’, उनले सांसद जबराले भने। उनले सहकारी प्रकरण निपष्क्ष रूपमा छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठेरो रहेको तर्क पनि गरे। 

बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बिषयमा भएको छलफल भाग लिँदै उनले यस्तो तर्क  गरेका हुन। 

‘विशेष गरेर सहकारी र लघुवित्तहरूले गत १०/१५ वर्षदेखि हाम्रो अर्थतन्त्रमा सहयोग गरेका छन्। तीस हजारभन्दा बढी सहकारी छन्। २५ देखि ३० लाखसम्म सहकारी सदस्यहरू छन्। उनीहरू अहिले धेरै समस्यामा छन्। उनीहरूले के भनाई छ भने ठुला मान्छेहरूले जे गरे पनि हुने साना मान्छे पिडामा पर्ने। यीने सर्वसाधारणले खर्च नसकेका कारण हाम्रो अर्थ तन्त्र चलायमान भएको छैन’, उनले भने, ‘त्यसले सहकारी निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने दाबी गरे । 

प्रकाशित: ७ चैत्र २०८० १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App