१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चित्रबहादुरले गरे ‘विवादित व्यक्तिलाई उपप्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री र ओलीको आलोचना

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘दुई वटा पासपोर्ट र नागरिकता भएका तथा सहकारीको करोडौँ रुपैयाँ ठगी’ मा मुछिएका व्यक्तिलाई उपप्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

‘नागरिकता दुई वटा भएको मान्छे र पासपोर्ट दुई वटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन। ल भन्नुस्, वर्तमान र पूर्वप्रधानमन्त्रीले अहिले त्यही व्यक्तिलाई गृहमन्त्री बनाउनु भएन्? तपाईहरुले उपप्रधानमन्त्री बनाएको उहाँलाई सरकारीको करोडौँ रुपैयाँ ठगी गरेको यहाँ आएको छ की छैन? तपाइहरू योग्य ? तपाइहरू त गतिला हो र?’, अध्यक्ष केसीले प्रश्न गरे।

उनले २०८४ को निर्वाचनमा खर्च जुटाउन नयाँ गठबन्धन बनेको आरोप पनि लगाए। ‘सुन चोरेर, भ्रष्टाचार गरेर, गर्नु नगरेर चुनावमा उठाएर खर्च जोहो गर्नु पर्ख्यो नि। यही उद्देश्यका लागि होइन यो सब? राजनीतिक त्यस्तो हो र?’, अध्यक्ष केसीले भने।  नेताहरुको संरक्षणमा सुन चोरेर, सहकारी चोरेर र मिटरब्याजी चोरेर राजनीतिलाई बदनाम गराएको आरोप उनको थियो।

‘जसरी पनि जति खर्च गरेर हुन्छ चुनाव जितेर आउनुपर्ने, यहाँ आएपछि सरकारमा सामेल हुनुपर्ने, सरकारमा सामेल भएपछि टेबुल माथि र तलबाट चुनावमा खर्च असुल गर्नु परेन, यस कारण सरकारमा जानुपर्ने समर्थन दिनुपर्ने, यो संसदीय व्यवस्थाको नकारात्मक पक्ष हो। यसबाट हामी सबै यसको सिकार भएका छाैं’, उनले भने। 

प्रकाशित: ३० फाल्गुन २०८० १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App