१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुन्छ: डा कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब, नेपाली कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुने बताएका छन्। 

मंगलबार गुराँस पुस्तकालयको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुने बताएका हुन्।

राणासित लडेको पार्टी, राजासँग लडेको पार्टी अब, कम्युनिस्टसँग लड्न कुनै किसिमको अफट्यारो नहुने बताए। ‘नेपाली कांग्रेस अब, कडा विपक्षी हुन्छ’ कोइरालाले भने, ‘राणासित लडेको, राजासँग लडेको पार्टी कम्युनिस्टसँग लड्न हामीलाई कुनै किसिमको अफट्यारो छैन।’  

डा कोइरालाले संविधानको निर्वाचन प्रणाली रहुन्जेल गठबन्धनहरू बनिरहने र बद्ली रहने स्पष्ट पारे। निर्वाचन प्रणालीलाई परिमार्जन नगरे  कुनै पनि दलको बहुमत आउन नसक्ने कोइरालाले ठोकुवा गरे।  अहिलेकै निर्वाचन प्रणालीले देशका राजनीतिक स्थिरता संभव नभएको कोइरालाको भनाई छ। उनले संविधानमा भएको निर्वाचन प्रणालीलाई परिमार्जन गरे मात्रै कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिने  धारणा राखे।

प्रचण्डले जे,जे भने त्यो कुरा नेपाली कांग्रेसको महासमितिको दस्ताबेजमा लेखि नदिएका कारण माओवादीले गठबन्धन परिवर्तन गरेको डा कोइरालाले बताए। कोइरालाले भने,‘प्रचण्डजीले जे जे भन्नुभयो त्यो हाम्रो महासमितिको दस्ताबेजमा लेखिदिनुपर्ने रे।’  डा कोइरालाले कोशीमा आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको खुलासा गरे। उनले भने ‘कोशीमा मैले नै माओवादीलाई मुख्यमन्त्री नदिएको हुँ।’ 

राष्ट्रियसभाको चुनावमा हराएको माओवादीको आरोपको भने डा कोइरालाले खण्डन गरे। उनले भने,‘चुनावमा आफू जित्न नसक्ने अनि हामीलाई हराएको भन्ने  यस्तो पनि हुन्छ।’ कोइरालाले नेपालको राजनीतिमा नैतिकता र संस्कारको खडेरी परेको बताए। उनले  राजनीतिमा नैतिकता र  संस्कारलाई सँगै अघि बढाउनुपर्ने चुनौती रहेको डा कोइरालाले बताए। 

प्रकाशित: २९ फाल्गुन २०८० १८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App