१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको बताएका छन्।

आईतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताए। उनले पार्टीले दोषि उपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए।

उनले पार्टीले अनुसन्धान गरेर दोषिलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको बताए। त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उहाँले जानकारी दिए। 

प्रकाशित: २७ फाल्गुन २०८० १८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App