२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम सरकारमा थपिए ३ मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार साँझ तीन मन्त्री थप गरेका छन्।

अल्पमतमा परेकोले राजीनामा दिनुपर्ने भनेर प्रतिपक्षी दलहरुले भनिरहेका वेला मुख्यमन्त्री शाहले ३ मन्त्री थपेका हुन।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका हुन्।

शुक्रबार साँझ मन्त्री द्वयलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

यस अघि प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका र नेकपा एसका मन्त्रीहरुलाई मुख्यमन्त्री शाहले हटाएका थिए भने ती दुई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

नेकपा माओवादी केन्द्र र नेकपा एसले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेहरुमा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र एक जना स्वतन्त्र गरेर २६ जना सांसद मात्र रहेका छन्।

बहुमत पुर्‍याउन २७ सांसदको समर्थन आवश्यक छ। नेपाली कांग्रेसले स्वतन्त्र सांसद र एक प्रदेशसभा सदस्य भएको राप्रपालाई सरकारमा सहभागी गराएर सरकार टिकाउने कोसिस गरेको छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: २५ फाल्गुन २०८० २२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App