२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रालय भागबण्डाका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै

आज पनि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्न लागेको छ। मन्त्रालय भागबण्डाका लागि गठित चार दल सम्मिलित नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्न लागेको हो।

यसअघि मङ्गलवार बसेको कार्यदलको बैठकले मन्त्रालय बागबण्डा टुङ्ग्याउन सकेको थिएन। कार्यदलमा नेकपा एमालेबाट शंकर पोखरेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट, स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले नै मन्त्रालयको भागबण्डा टुङ्ग्याउने छन्।

आजै मन्त्रीपरिषद विस्तार गर्नेगरी कार्यदलले बागबण्डा मिलाउने स्रोतले बताएको छ। नयाँ सत्ता गठबन्धनमा रहेका चार दल मन्त्रीपरिषद विस्तारका लागि एकीकृत समाजवादी लगायतका दलसँग छलफलमा व्यवस्त छन्।

यसअघि मङ्गलवार अवेर साँझसम्म माओवादी केन्द्रका शीर्ष तहका नेताहरू छलफलमा थिए।

 

प्रकाशित: २३ फाल्गुन २०८० १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App