५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पाँच जना सचिवको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका दिनेश भट्टराई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्याङ्क अधिकारीका रूपमा सरुवा गरिएको छ।

चैते धानको समर्थन मूल्य निर्धारण

सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रूपैयाँ तोक्ने निर्णय गरेको हो।

प्रदेश र स्थानीय सरकारलाई तीन खर्ब स्वीकृत

संघीय सरकारले प्रदेश तथा स्थानीय तहको आगामी आर्थिक वर्ष २०८१/८२को बजेटका लागि करिब तीन खर्ब रूपैयाँ स्वीकृत गरेको छ।

आज मन्त्रीपरिषद् विस्तार, जसपाका मन्त्रीले शपथ लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।

संसद बैठक बस्दै: प्रधानमन्त्रीसँग सांसदको सवाल, यस्तो छ आजको कार्यसूची

अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

उदयपुरका दुई सांसद एकैचोटि प्रदेशमन्त्री

उदयपुरबाट निर्वाचित दुई प्रदेशसभा सदस्य एकैचोटि मन्त्री भएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पछिल्लोपटक मन्त्रीपरिषद् पुनर्गठन गर्दा उदयपुर २ (क) र (ख)बाट निर्वाचित सांसदद्वय नारायण बुर्जा मगर र रामकुमार खत्री मन्त्रीमण्डलमा समेटिएका हुन्।

सबै अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति

सरकारले काठमाडौं, पोखरा र भैरहवालगायत प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसमेतलाई पूर्ण क्षमतामा निर्माण गर्ने सर्तसहित पिपिपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ।

प्रश्न पाठकलाई:गगनले प्रचण्डलाई किन दिन्छन् पटक–पटक चेतावनी?

‘देशको माया गरेर भनेको जस्तो त लाग्दैन,’ सामाजिक सञ्जालमा प्रदीप न्यौपाने लेख्छन्, ‘पदको लागि देखाएको आक्रोश जस्तो देखिन्छ ।’

भारतीयसहित सरकारको कालो सूचीमा थप दुई कम्पनी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार, आज शपथ ग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सात महिनापछि शनिबार सरकार विस्तार गरेका छन्।

अर्थका सहसचिवको संयोजकत्वमा विश्व बैङ्कको सहायतासम्बन्धी वार्ता टोली

सरकारले विश्व बैङ्कको सहायतासम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियार दिएको छ।

कोसीको मन्त्रीपरिषद् विस्तार

कोसी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् ।

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्