१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ मन्त्रीहरुको शपथ ५ बजे

नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आज अपराह्न पाँच बजे हुने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन्। सोही अनुसार ५ बजेका लागि तयारी भइरहेको छ।

एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिदै छन्। यी तीनै जना बिना विभागीय मन्त्री बन्न लागेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८० १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App