१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन्।  

आईतवार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरे। उनले काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए। उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि निकिनिएको बताए।

उनले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ। दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजी करण भनेर काँग्रेसले उहिल्यै सिध्यायो। निजी क्षेत्रलाई पनि सिध्याइदियो। हाम्रा जो उद्योगहरु थिए ति भ्रष्ट बनाइदियो। निजी क्षेत्रलाई समेत। कमिसनतन्त्रले। जसले गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन्। बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन्। हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन्। अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो। अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ। आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छाँै। इन्जिन बनाउने कसरी? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन।’

प्रकाशित: २० फाल्गुन २०८० १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App