३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरु गर्छौ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्।

अर्थमन्त्री महतले किसानहरुलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिँचाइ सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए। उनले प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने बताए।

‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ। मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ। प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ। पहाडका टार र तपाई मधेसमा थप क्षेत्रमा सिँचाइ सुविधा बिस्तार गर्न जोड दिइनेछ। सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ।’

अर्थमन्त्री महतले पहाडका टार र तपाई मधेसमा थप क्षेत्रमा सिँचाइ सुविधा बिस्तार गर्न जोड दिइने बताए।

प्रकाशित: १४ फाल्गुन २०८० १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App