१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका लागि बनायो समिति, विभागमा पनि जिम्मेवारी तोकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने विभिन्न दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको फागुन १० मा बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको हो। साथै जसपाले विभिन्न विभागको प्रमुख पनि तोकेको छ।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ। 

यसैगरी आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको उनले बताए।

पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभाग र धारा ९९ अनुसारका पार्टी संयन्त्र गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

विस्तृत विवरणसहितः

प्रकाशित: १४ फाल्गुन २०८० ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App