१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

देशको अर्थव्यवस्था सिमित व्यक्तिहरुको हातमा गयो: सांसद भण्डारी

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सिमित व्यक्तिहरुको हातमा गएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताएका हुन्। उनले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सिमित व्यक्तिहरुको हातमा पुगेको बताए। एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेको भन्दै यसले अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा पुर्‍याएको बताए। उनले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गरे।  अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको उनले बताए।

उनले भने, ‘किन १०/१२ जनाको हातमा, उसैको हातमा बैंक छ। उसैको हातमा उद्योग छ। उसैको हातमा बीमा छ। उसैको हातमा जलस्रोतको लाइसेन्स छ। उसैको हातमा हस्पिटल छ। उसैको हातमा स्कुल छ। उसैको हातमा जमिन खन्ने लाइसेन्स् छ। अब यो देश कसरी बन्छ? एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ? यो सबैभन्दा ठुलो महत्वपूर्ण कुरा रहेछ। हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा, आर्थिक नीतिको गलत नीतिको कारणले गर्दा सिमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो। सायद दुनियाँमा यस्तो कुनैपनि देशमा देखिएको छैन। हामीले सुरु गरेका विकास निर्माणका कामहरु २० औँ वर्ष सकिँदैन। मेलम्ची खानेपानी ६३ अर्बको योजना लथालिङ्ग छ। जहिलेसुकै उद्घाटन मात्रै हुन्छ। सडकहरु त्यही हालतमा छन्। भवनहरु त्यही हालतमा छन्। त्यहाँ कानून पस्न सक्दैन। त्यहाँ कसैलाई केही पनि हुन सक्दैन। यो अवस्थामा मुलुकलाई कसरी अगाडी बढाउन सक्छौँ ? यस बारेमा संवेदनशील हामी कहिलेदेखि हुनसक्छौँ?’

प्रकाशित: १० फाल्गुन २०८० १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App