१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित १ सय ४ वटै प्रदेश सभा सदस्य मध्ये ६९ जनाले विश्वासको मत दिएका हुन्।

१ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ४ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागी भएका १ सय ४ जना प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएपछि बहुमतले विश्वासको मत पाएका हुन्।

यसअघि उनी दुई पटक प्रदेशसभाबाट सर्वसम्मत विश्वास मत पाएका थिए । यस पटक नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विश्वासको मतको विपक्षमा मतदान गरेका छन्।

मधेस सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका हुन्।

२०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए। सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ।

प्रकाशित: ६ फाल्गुन २०८० १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App