१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेलगायतका विपक्षी दलहरूद्वारा यातायात मन्त्री ज्वालालाई तत्काल हटाउन माग

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दलसहित अन्य विपक्षी दलहरूले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्।

उनीहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा यो माग राखेका हुन। विपक्षी दलहरूले बैठकको सुरुवातमै अवरोध गरेर मन्त्री ज्वालाको राजीनामा माग गरेको हुन्।

एमालेका सचेतक महेश बर्तौलाले सुरुमै बैठक अवरोध गरेर मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई समक्ष माग राखेका हुन्।  उनले बालकुमारी घटनामा ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनमा उल्लेख भइसक्दा पनि कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन्।

‘पुस १३ गते सिङ्गो देशलाई शोकमा डुबाउने घटना भयो । सरकारले आयोग बनायो । आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ,’ बर्तौलाले भने।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो।

‘आयोगले सरकारको मन्त्री दोषी भन्यो। तर, मन्त्री पदमा बहाल हुनुहुन्छ। त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस्। बर्खास्त गरियोस्,’ उनले आफ्नो माग राखे।

यसैगरी राप्रपा सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वाला दोषी ठहर गरेर छानबिन समितिले प्रतिवेदन बुझाइसक्दा पनि पदबाट नहटाइएको भन्दै आपत्ति जनाएका थिए। ‘मन्त्री ज्वालालाई पदबाट हटाउन राप्रपा माग गर्दछ’, उनले भने।

प्रकाशित: ६ फाल्गुन २०८० १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App