१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ।

जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

विशेष अदालतले बिहीबार विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशकमै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएको छ। फैसलामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्व कर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई दोषी ठहर गरिएको छ।

अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १७५ जना जोडिएको भ्रष्टाचार मुद्दामा जग्गा जफत गर्ने निर्णयसहित बढीमा प्रतिव्यक्ति दुई वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना ठहर गरेको हो।

प्रकाशित: ४ फाल्गुन २०८० १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App