७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः वरिष्ठ नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन्।  

मंगलवार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरुसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन्।

उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए। मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने उनको भनाइ छ।

उनले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताए। आगामी निर्वाचनमा मधेसवादी दलहरुले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने उनले बताए। वरिष्ठ नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए। 

प्रकाशित: १ फाल्गुन २०८० १७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App