२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र उमेर हद तोक्ने शर्माको प्रस्ताव

नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ। आजदेखि सुरु भएको माओवादीको पहिलो विधान अधिवेशनमा उपमहासचिव शर्माले राखेको प्रस्तावमा छलफल हुने भएको हो।

उपमहासचिव शर्माले सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने, पार्टीको नाम  नेकपा समाजवादी राख्नु पर्ने पूरक प्रस्ताव गरेका छन्। 

समग्र विधान मस्यौदामाथिको छलफलमा माओवादीले २०  वटा समूह बनाएर छलफल गर्ने भएको छ। अधिवेशनको सुरुमा अध्यक्ष पुष्पकमल दाहालले २० समूहमा छलफल हुने बताएका थिए। प्रतिनीधिहरुले शर्माको प्रस्तावमाथि पनि छलफल गर्नुपर्ने माग गरेकाले त्यसमा पनि छलफल हुने बताएको छ।

यस्तो छ शर्माको पूरक प्रस्ताव: 

पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको पोलिटब्युरो बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने,सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने, पार्टीको नाम  नेकपा समाजवादी राख्नु पर्ने, जवस सम्बन्धी नीति पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढीकरण, परिचालन, पेशागत हकहित र सङ्घर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने, जवस प्रमुखहरूको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने, सरकार सञ्चालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने, जिल्ला समितिको कार्यक्षेत्र वैचारिक राजनैतिक र संगठन निर्माण, सुदृढीकरण तथा परिचालन र आर्थिक उत्पादन रोजगारी/विकास निर्माण र सरकार सम्बन्धी काम र सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय रअनुगमन र मूल्याङ्कन हुनुपर्ने रहेको छ।

प्रकाशित: १ फाल्गुन २०८० १७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App