१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

म प्रधानमन्त्री भएको बेला दशरथ रङ्गशालाकाे पुनः निर्माण भएकाे हाे: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रङ्गशालाको पुनः निर्माणदेखि नयाँ रङ्गशाला निर्माणमा धेरै काम गरेको बताएका छन्।

सोमबार ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘म प्रधानमन्त्री भएको बेलामा दशरथ रङ्गशाला बनेको थियो। अन्य थिएन। भत्किएको दशरथ रङ्गशाला बनाइयो। जनकपुर, पोखरामा अर्को रङ्गशाला बनाइयो। खेलाडीहरूका लागि राम्रो वातावरण बनाइयो। यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो। हामी नै हौँ जहाँ गयो बनाउँछौँ। हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने।’

अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको उल्लेख समेत गरे।

उनले राम्रो खेलाडीहरूका लागि बाहिर अवसरहरू धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको जिकिर गरे। खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने उनकाे भनाइ थियाे।

‘राम्रो खेलाडीहरूका लागि बाहिर अवसरहरू अलि बढी छन्। तर हामीले आफ्नो स्ट्याण्डर बढाउनुपर्छ। आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ। यहीँ राम्रो वातावरण बनाउनुपर्छ। त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन्।’ उनले भने।

प्रकाशित: २९ माघ २०८० १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App