२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहिद दिवसको प्रेरणालाई नभुलौँः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।

सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार सहिदप्रति नमन व्यक्त गरे।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।

प्रकाशित: १६ माघ २०८० ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App