१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धरानका हर्क: नेतासँग लड्दै, जनतासँग मिल्दै

धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङको कार्यपालिकाको बैठकको दृश्य नियाल्यो भने उनको सबैसँग झगडामात्र परेको देखिन्छ। कहिले वडा अध्यक्षसँग त कहिले वडा सदस्यसँग उनको विवाद नपरेको बैठकै हुन्नन्। हुँदा हुँदा उनलाई साथ दिँदै आएका उपमेयरसँगको उनको विवादको भिडियो समेत सार्वजनिक भयो।  

कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।  

‘मिलेर काम गर्नुको मज्जा बेग्लै!  सामाजिक सञ्जालमा हर्कले लेखेका छन्, ‘धरान उठेको छ जुटेको छ !।’

कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्। 

उनको यो स्ट्याटसमा धेरैले प्रतिक्रिया जनाएका छन्। ‘जनतालाई काममा जोडन सक्नु ठुलो कुरो हो! श्रममा हर्क जी प्रेरणाको पुञ्ज हुन्,’ भीमसेन लामा लेख्छन्, ‘यो बाहेक शिक्षा,स्वास्थ्य, उद्योग,सडक, घरेलु उद्योग, सरसफाइ सवैमा मिलेर काम  गर्नु पर्छ।’

जनतालाई श्रमसँग जोडेर काम गर्ने उनको शैलीको धेरैले प्रशंसा  गरेका छन्। कतिपयले भने जनप्रतिनिधिसँग मिलेर काम गरे झनै सुनमा सुगन्ध हुने प्रतिक्रिया दिएका छन्। ‘जनतासँग मिलेजस्तै उनीहरूले जिताएका अन्य जनप्रतिनिधिसँग  मिलेर काम गरे झनै राम्रो हुन्थ्यो,’ प्रभाकर बुढाथोकी लेख्छन्, ‘यसो भए धरान साँच्चै जुट्थ्यो , साँच्चै माथि उठ्थ्यो।’

प्रकाशित: १४ माघ २०८० ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App