२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नक्कली नागरिकता प्रकरणः मेयर सिंहको विरोधमा प्रदर्शन

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली छोरी बनाएर नागरिकता दिलाएको घटना सार्वजनिक भएपछि विरोध प्रदर्शन गरिएको छ।

वीरगञ्जका नागरिक समाजले मेयर सिंहविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। 'नागरिकता छानबिन गरी दोषिलाई कारबाही गर' भन्ने नारासहित बुधवार सचेत नागरिक समाज वीरगञ्जले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी प्रदर्शन गरेका थिए।  

सचेत नागरिक समाजका अगुवा तथा जनमत पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियाँले महानगरका मेयर सिंहले नागरिकता ऐनको धज्जि उडाएको भन्दै यसको कारबाहीको माग गर्दै प्रदर्शन गरेको बताए।  

प्रदर्शनको क्रममा नागरिकताको छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउनका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष १५ जनाले समुहिक रुपमा उजुरी समेत दिए।  

नेपालमा कानून साना ठूला सबैका लागि एक समान रहेकाले कानून मिच्ने अधिकार कसैको नभएको बताउँदै मियाँले चाडै छानबिन प्रक्रिया अगाडी बढाइ अविलम्ब कारबाही गर्नुपर्नेमा जोड दिए।  

प्रकाशित: २६ पुस २०८० ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App