१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सक्ने बताएको छ।

आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सक्ने कार्यतालिका रहेको छ।

राष्ट्रिय सभाका १९ सिटका लागि सोमवार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध परेको उजुरीको भोलि र पर्सि जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

उम्मेदवारलाई पुस २८ मा निर्वाचन चिह्न प्रदान गरिने छ। माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको पनि आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

प्रकाशित: २४ पुस २०८० ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App