१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतले आयोजनामा सिधा खर्च गर्नु राष्ट्रियता कमजोर हुनु होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावासमार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय दुतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानन्तर सरकार चलाएजस्तो भएको भन्दै विरोध गरेका हुन्।

उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि राप्रपा नेपालले आपत्तिजनक रुपमा खेद प्रकट गरेको बताए। 

‘सिधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ।’ अध्यक्ष थापाले भने, 'नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ।’ 

नेपाल सरकारले ठुलो गल्ती गरेको भन्दै विकासमा भारतले सीधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाईनुपर्ने आफ्नो पार्टीको माग भएको थापाको भनाइ छ।

थापाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत ब्यापार सम्झौता सकारात्मक बताए। ‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो हो।’ थापाले भने, 'विगतमा आफुले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत भारतिय बजारमा लैजाने सम्झौता प्रंशसिय छ।'’ 

अर्को प्रंसगमा थापाले भारतिय विदेश मन्त्रीलाई कुटनितिक मर्यादाभन्दा बाहिर गएर नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु भेट्न जाँनु दुःखद भएको बताए।  

प्रकाशित: २० पुस २०८० ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App